PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एट्लेटिको मड्रिडमाथि बायर्नको सानदार जित



एट्लेटिको मड्रिडमाथि बायर्नको सानदार जित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको समूह ए को खेलमा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि सानदार जित निकालेको छ। एलिनाज एरेनामा भएको खेलमा साविक विजेतासमेत रहेको घरेलु टोलीले एट्लेटिकोमाथि ४-० को सानदार जित निकालेको हो।

बायर्नको जितमा किंग्स कोम्यानले दोहोरो गोल गर्दा लियोन गोरेट्जका र कमेन्टिन टोलिस्सोले समान १-१ जित निकाले।

खेलको २८ औं मिनेटमा कोम्यानको गोलमा अग्रता बनाएको बायर्नका लागि गोरेट्जकाले ४१ औं मिनेटमा गोल गरे। पहिलो हाफमा २ गोलले अघि रहेको बायर्नका लागि दोस्रो हाफमा टोलिस्सोले गोल थपे।

जितसँगै बायर्नले च्याम्पियन्स लिगमा सुखद सुरूवात गरेको छ। समूह ए कै गएराति भएको अर्को खेलमा लोकोममेटिभ र आरबी साल्जबर्गले २-२ को बराबरी खेलेका थिए।

समूह ए मा बमयर्नसहित लोकोमोटिभ, आरबी साल्जबर्ग र एट्लेटिको मड्रिड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell