PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना संक्रमणका कारण चितवन र धरानमा एक-एक जनाको मृत्यु



कोरोना संक्रमणका कारण चितवन र धरानमा एक-एक जनाको मृत्यु

भरतपुर : चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिलाको भरतपुर अस्पतालमा ६:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।

यसैगरी धरानमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीको इनरुवा वडा १ का पुरुषको असोज ३ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि हुनसाथ  बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा भर्ना भएका उनको आज बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। ८३ वर्षे ती पुरुषमा हइपरटेन्सनलगायत विभिन्न दीर्घरोग रहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell