PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघ्यो



भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघ्यो
फोटो : PTI

काठमाडौं : पछिल्लो अपडेटअनुसार भारतमा कोभिड-१९ संक्रमितको संख्या ७७ लाख नाघेको छ। एकै दिन ५५ हजार ८३८ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा अहिले ७७ लाख ६ हजार ९४६ जनामा कोभिड-१९ पुष्टि भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार ६८ लाख ७४ हजार ५१८ जना निको भइसकेका छन् भने कोरोना संक्रमणका कारण एक लाख १६ हजार ६५३ जनाको मृत्यु भएको छ। पछिल्लो दिन भारतमा ७०२ जनाको मृत्यु भएको छ। योसँगै भारतमा हाल ७ लाख १५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell