PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सलमानको प्रश्न: अभिभावकले सन्तानको मद्दत गर्नु नेपोटिज्म हो? शाहरुख-अक्षयहरु मेहनतकै बलमा टिकेका होइनन् र?



सलमानको प्रश्न: अभिभावकले सन्तानको मद्दत गर्नु नेपोटिज्म हो? शाहरुख-अक्षयहरु मेहनतकै बलमा टिकेका होइनन् र?

बलिउड अभिनेता सलमान खानले नेपोटिज्म (नातावाद/परिवारवाद) बारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

रियालिटी शो बिग बोसमा चलिरहेको नेपोटिज्मको बहसमा सलमानले आफ्नो धारणा राख्दै बलिउड नातावादमा चलेको भन्ने आरोपलाई अस्वीकार गरेका छन्। आफ्नै मेहनतमा आजसम्म सफल रहँदै आएका शाहरुख खान, अक्षय कुमारको उदाहरण दिँदै सलमानले अभिभावकले आफ्ना सन्तानको मद्दत गर्नु नेपोटिज्म हुन्छ र? भनेर सोधेका छन्।

बिग बोसको वीकेण्ड वार एपिसोडमा सलमानले नेपोटिज्ममाथि पाठ पढाएका हुन्। कुनै पिताले आफ्नो बच्चाको मद्दत गर्नु, आफ्नो बच्चाका लागि दिनरात मेहनत गर्नु नेपोटिज्म हो? भन्ने प्रश्न गर्दै सलमानले फिल्म उद्योगमा जसलाई जनताले मन पराउँछ उहि कलाकार टिक्ने जवाफ दिएका छन्।

'शाहरुख र अक्षय दुबै आउटसाइडर हुन्। उनीहरुको यो उद्योगमा कुनै कनेक्शन थिएन। तर पनि आफ्नो मेहनतको बलमा २०/३० वर्ष टिकेका छन्,' उनले भने।

अजय देवगन र सञ्जय दत्तको उदाहरण दिँदै सलमानले स्टार किडले पनि आफ्नै मेहनतमा आफ्नो साम्राज्य खडा गरेको स्मरण गराए। दर्शकले स्टार किडलाई पनि मनपराउँदा यसमा गलत केही नहुने उनको भनाई थियो।

फिल्म उद्योगमा जो चल्नुपर्ने त्यो चलिहाल्ने सलमानको मान्यता छ। 'जसलाई जनताले मन पराउँदैन उनीहरु लामो रेसको घोडा बन्न सक्दैनन्। जो चल्दैन उसले आफ्नो र आमाबुवाको ढुकुटी सिध्याएर जानेछ,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell