PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्टयान्डअप कमेडियनको भूमिकामा स्वरा भास्कर



स्टयान्डअप कमेडियनको भूमिकामा स्वरा भास्कर

नेटफिल्क्सले नयाँ हिन्दी सिरिज घोषणा गरेको छ। स्टायन्डअप कमेडीको विषयमा निर्माण भएको उक्त सिरिजमा स्वरा भास्कको मुख्य अभिनय रहेको छ। ‘भाग बिनी भाग’ कमेडी रियालिटी सिरिज मा स्वरा स्टायन्डअप कमेडियन बन्ने इच्छा बोक्दै संघर्ष गर्ने बिनीका रुपमा प्रस्तुत हुनेछिन्।

स्टेजको अघि उभिएर दर्शकहरुलाई हसाउन रुचाउने बिनी विवाहबाट भागेर आफ्नो स्टयान्डअप कमेडियन बन्ने सपना पूरा गर्न हिँड्छिन्। तर उनको जोकहरुलाई दर्शकले खासै रुचाउँदैनन्। निराशाबीच उनी भने आफ्नो सपना पूरा गर्न अडिग रहन्छिन्।

स्वराको कमेडियन भूमिकाको धेरैले प्रशंसा गरिरहेका छन्। यो सिरिज डिसेम्बर ४ मा स्ट्रिम हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell