PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रेम निजी विषय हो, ‘लभ जिहाद’ चुनावी मुद्दा : बंगाली अभिनेत्री नुसरत जहाँ



प्रेम निजी विषय हो, ‘लभ जिहाद’ चुनावी मुद्दा : बंगाली अभिनेत्री नुसरत जहाँ

भारतमा बेलबेलामा ‘लभ जिहाद’को मुद्दा उठ्ने गर्छ। हिन्दु र मुस्लिम समुदायका पुरुष र महिलाबीच विवाह भइसकेपछि हुने केही हिंसालाई आधार मानेर केही हिन्दुत्व समूहहरुले ‘लभ जिहाद’ को मुद्दा उठाउने गरेका छन्। विशेषगरी हिन्दु महिलाले मुस्लिम पुरुषसँग बिहे गरेपछि धर्म परिवर्तन गर्नुपर्ने , कुरा नमिल्दा हिंसा हुने लगायतका केही घटनालाई आधार मानेर उनीहरुले अन्तरधर्म विवाहको विरोध गर्दै आएका छन्।

केही समयअघि पनि मुस्लिम पुरुषले विवाहपश्चात एक हिन्दु महिलामाथि आक्रमण गरेको घटना सार्वजनिक भएपछि लभ जिहाद फेरि चर्चामा छ। हिन्दत्व समूहरुले महिलालाई फसाएको आरोप लगाएका छन्। तर प्रहरीले भने महिला र पुरुषबीच सहमतिमा नै विवाह भएको देखिएको स्पष्ट गरेको छ।

यता, बंगाली अभिनेत्री एवम् त्रिणमुल कंग्रेसबाट लोकसभा सांसद नुसरत जहाँले प्रेम निजी विषय भएको प्रतिक्रिया दिएकी छिन्। मुस्लिम समुदायकी नुसरतले निखिल जैनसँग गत वर्षमात्रै विवाह गरेकी थिइन्। पश्चिम बंगालमा विधानसभा निर्वाचनको तयारी भइरहँदा हिन्दुत्व समूहले लभ जिहादको मुद्दा उठाइरहेका छन्।

त्यसप्रति नै लक्षित गर्दै नुसरतले प्रेम निजी विषय भएको र आफ्नो साथी कसलाई चुन्ने भन्ने अधिकार व्यक्तिमा सीमित रहेको बताएकी हुन्। त्यसलाई लभ जिहादसँग जोड्न नहुने उनले बताइन्।

निर्वाचन अघि यस्तो कुराहरलाई ल्याएर विवादित बनाउन खोजेको भन्दै उनले धर्मलाई राजनीतिको हतियार बनाउन आग्रह गरेकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell