PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुरक्षा मापदण्ड अपनाउँदै कक्षा १२ को परीक्षा शुरु : परीक्षास्थलमा नर्सदेखि स्वास्थ्यकर्मीसम्म

सुरक्षा मापदण्ड अपनाउँदै कक्षा १२ को परीक्षा शुरु : परीक्षास्थलमा नर्सदेखि स्वास्थ्यकर्मीसम्म


काठमाडौं : कोभिड-१९ प्रकोपका कारण रोकिएको कक्षा १२ को परीक्षा मंगलबाट शुरु भएको छ। कोरोना प्रतिकार्यका लागि सुरक्षाका मापदण्ड अपनाउँदै परीक्षा शुरु भएको हो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन्।

परीक्षामा मास्क अनिवार्य  गरिएको छ। परीक्षा हलमा प्रवेश गर्नुअघि तापक्रम नाप्ने, स्यानीटाइजर प्रयोग गर्ने व्यवस्था केन्द्रहरुमा गरिएको छ। परीक्षा केन्द्रहरु परीक्षा सकिएपछि डिस्इन्फेक्ट गर्ने जनाइएको छ। राजधानीको साइपाल एकेडेमीमा दुई जना नर्स पनि खटिएका थिए।

बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टा मात्र चल्यो। ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेकोले थोरै समय तोकिएको बोर्डले जनाएको छ। थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ। परीक्षा मंसिर १६ गते सकिने छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell