PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चार्ली डी'एमेलियोले बनाइन् टिकटकमा रेकर्ड, १० करोडभन्दा बढीले गरे फलो



चार्ली डी'एमेलियोले बनाइन् टिकटकमा रेकर्ड, १० करोडभन्दा बढीले गरे फलो
Photo : tmz

अमेरिकाकी चार्ली डी'एमेलियो टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता बनेकी छिन्। द भर्जका अनुसार १६ वर्षीया अमेरिकी डान्सर एमेलियोको टिकटक अकाउन्टमा १० करोडभन्दा बढी फलोवर्स रहेका छन्। उनको टिकटकमा विल स्मिथभन्दा दुई गुणा, द रक भन्दा तीन गुणा र सेलेना गोमेजभन्दा चार गुणा बढी फलोवर्स रहेका छन्।

एमेलियोले सन् २०१९ मे महिनादेखि टिकटक बनाउन सुरु गरेकी थिइन्। उनका टिकटक भिडियो पछिल्लो समय निकै चर्चित बन्ने गरेका छन्।

@charlidamelio

dc @jaylene.carmona

♬ Elastic - Joey Purp



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell