PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदर्शनको तयारीमा ‘कूली नम्बर वान’को रिमेक, बरुण र साराको जोडी



प्रदर्शनको तयारीमा ‘कूली नम्बर वान’को रिमेक, बरुण र साराको जोडी

निर्देशक डेविड धवनको ४५ औ फिल्म 'कूली नम्बर वान' प्रदर्शनका लागि तयार भएको छ।

सन् १९९५ मा प्रदर्शनमा आएको यहीँ नामको फिल्मको रिमेकमा वरुण धवन र सारा अली खानको जोडी देख्न पाइनेछ। साथै परेश रावल पनि मुख्य भूमिकामा हुनेछन्।

निर्माताले फिल्‍मको ट्रेलर पर्सी शनिवार रिलिज हुने र क्रिसमसको अवसर पारेर आगामी २५ डिसेम्बरमा फिल्‍म ओटीटी प्‍लेटफर्ममार्फत प्रदर्शन हुने जानकारी दिएका छन्।

फिल्‍ममा जावेद जाफरी वरुणको साथीको भूमिकामा छन्।

वर्ष १९९५ मा डेविड धवनले गोविन्दालाई लिएर 'कूली नम्बर वान' बनाएका थिए। फिल्‍म र सबै गीत सुपरहिट रहेका थिए। त्यतिबेला गोविन्दाको जोडी करिश्‍मा कपूर थिइन्। साथै कादर खान पनि थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell