PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै



चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

काठमाडौं : चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङ्हे आइतबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले फेङ्हे आउने एक दिनेअघि उनको भ्रमणबारे औपचारिक जानकारी गराएको हो।

एक दिने भ्रमणका क्रममा फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन्।

फेङ्हे आइतबार नै स्वदेश फर्किनेछन्।

भारतीय विदेशमन्त्री हर्षवर्धन श्रृङ्गला नेपालको दुई दिने भ्रमण सकारए फर्किए लगत्तै उत्तरी छिमेकी राष्ट्रबाट उच्च राजनीतिक भ्रमण हुन लागेको हो। नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद बढ्दै गएको अवस्थामा फेङ्हेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell