PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा सबैभन्दा महंगो अमिताभ, रणवीर र आलियाको फिल्म, ३ सय करोड नाघ्यो 'ब्रह्मास्त्र'को बजेट



भारतमा सबैभन्दा महंगो अमिताभ, रणवीर र आलियाको फिल्म, ३ सय करोड नाघ्यो 'ब्रह्मास्त्र'को बजेट

निर्देशक अयान मुखर्जीको बहुप्रतिक्षित फिल्म 'ब्रह्मास्त्र' घोषणा भएदेखि नै चर्चामा छ। हाल आएर फिल्म बजेट पनि चर्चाको विषय बनेको छ।

फिल्मको बजेट ३ सय करोड नाघेको निर्माताले बताएका छन्। यो फिल्मलाई भारतकै सबैभन्दा महंगो फिल्म भनिएको छ। यो फिल्म आउँदो वर्ष प्रदर्शनको तयारीमा छ।

फिल्म 'ब्रह्मास्त्र'का निर्माताले यो भारतमा बनेको सबैभन्दा ठूलो फिल्म भएको दावी गरेका छन्। ३ सय करोड भन्दा बढी बजेट लागेको निर्माताको भनाई छ। फिल्मले सिनेमा हलमा राम्रो सुरुवात गर्ने निर्माताको विश्वास छ।

फिल्म 'ब्रह्मास्त्र'मा रणबीर कपूर, अमिताभ बच्चन, आलिया भट्ट, मौनी राय, डिम्पल कपाड़िया र अक्किनेनी नागार्जुन मुख्य भूमिकामा छन्। फिल्ममा रणबीरले स्पेशल पावरवाला भूमिका निभाउनेछन्। यो फिल्म तीन भागमा बन्नेछ।

फिल्ममार्फत रणवीर र आलियाले पहिलोपटक स्क्रिन स्पेस शेयर गरेका छन्। कोरोना महामारीका फिल्मको प्रदर्शन मिति स्थगित भएको थियो। निर्देशक अयान मुखर्जीले फिल्मले दर्शकलाई नयाँ र अद्भुत अनुभव दिने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell