PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'थ्यांक्सगिभिङ' मनाएर फर्किनेको संख्या बढेसँगै अमेरिकामा कोरोना संक्रमण वृद्धि हुनसक्छ : फउसी



'थ्यांक्सगिभिङ' मनाएर फर्किनेको संख्या बढेसँगै अमेरिकामा कोरोना संक्रमण वृद्धि हुनसक्छ : फउसी
Photo : EPA

अमेरिकाका सरुवा रोग विशेषज्ञ एन्थोनी फउसीले आउने केही हप्तामा देशभर कोरोना भाइरसको संक्रमण वृद्धि हुन सक्ने चेतावनी दिएका छन्।

'थ्यांक्सगिभिङ होलिडे' पछि धेरै मानिस घर फर्किरहेका छन्। यस अवधिमा धेरै मानिसले यात्रा गरेकोले संक्रमणको जोखिमपनि उच्च रहेको उनले बताएका हुन्। संक्रमण थप फैलिनबाट रोक्न उनले मास्क लगाउन र भौतिक दूरी कायम गर्न आग्रह समेत गरेका छन्।

थ्यांक्सगिभिङको समयमा बिदा मनाउन धेरै मान्छेहरु यात्रामा निस्कने गर्छन्। जनस्वास्थ्यविद्हरुले घरमा नै थ्यांक्सगिभिङ मनाउन आग्रह गरेका थिए। तर मार्च महिनापछि यो विदाको समयमा अमेरिकी विमानस्थलहरु निकै व्यस्त रहेका थिए। एकैदिन ८ लाख भन्दा बढी मानिस अमेरिकाका विभिन्न विमानस्थलहुँदै विदा मनाउन हिँडेका थिए।

फउसीले विदा मनाएर फेर्किएकाहरुलाई क्वारान्टाइनमा बस्न समेत आग्रह गरेका छन्।

अमेरिकामा हालसम्म १ करोड ३० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। २ लाख ६६ हजारभन्दा बढीको संक्रमणकै कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell