PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

म्याराडोनाको मृत्यु कसरी भयो ? प्रहरीले चिकित्सकको घर र क्लिनिकमा छापा हान्यो



म्याराडोनाको मृत्यु कसरी भयो ? प्रहरीले चिकित्सकको घर र क्लिनिकमा छापा हान्यो
Photo : au.sports.yahoo

डिएगो अर्मान्डो म्याराडोनाको मृत्यु भएको चारदिनपछि प्रहरीले उनका चिकित्सक लियोपोल्डो लुकेमाथि अनुसन्धान सुरु गरेको छ। त्यसै क्रममा प्रहरीले लुकेको घर र क्लिनिकमा छापा हानेको छ।

विश्व फुटबलका गोल्डेन ब्वाइका रुपमा परिचित म्याराडोनाको स्वास्थ्य उपचारमा केही लापरवाही भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको हो।

म्याराडोनाका परिवारका सदस्यहरुले उनलाई दिँदै आएका औषधिका बारेमा अनुसन्धान हुनुपर्ने माग गरेका थिए। नोभेम्बर महिनाको पहिलो साता म्याराडोनाको मस्तिष्कबाट ब्लड कल्ट निकाल्न शल्यक्रिया गरिएको थियो। यस्तै, मदिराको लत छुटाउन समेत उनको उपचार हुँदै थियो।

डाक्टर लुकेले भने प्रहरीको अनुसन्धानमा आफूले सहयोग गर्ने बताएका छन्। प्रहरीले उनीमाथि नै अभियोग लगाएपछि उनले निराश हँदै आफूले म्याराडोनालाई अन्तिम समयसम्म बचाउन सक्दो प्रयास गरेको प्रतिक्रिया दिएका छन्।  

प्रहरीको अनुसन्धान हाल म्याराडोनाको अन्तिमसमयमा उनीसँग के के भयो र स्वास्थ्य स्थिति ठिक नभएपनि उनलाई किन घर फर्काइयो भन्ने विषयमा केन्द्रित रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell