PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने, अर्को मिति छिट्टै सार्वजनिक गरिने



 नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने, अर्को मिति छिट्टै सार्वजनिक गरिने

काठमाडौं : पोखरामा संचालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो। गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन्।

स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ।

खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने उनले बताए। यद्यपि खेल कहिले हुने भन्ने सम्बनधमा राखेपले छिट्टै निर्णय श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell