PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'दिल्ली चलो' आन्दोलन: किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पुतला जलाउने तयारी



'दिल्ली चलो' आन्दोलन: किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पुतला जलाउने तयारी
Photo : Hindustan Times

भारतमा कृषि कानूनको विरोधमा किसानहरु केही दिन यता प्रदर्शन गरिरहेका छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट दिल्लीसम्म आएर उनीहरुले विरोध गरिरहेका छन्। नरेन्द्र मोदी सरकारलाई दबाब दिन  उनीहरु 'दिल्ली चलो' आन्दोलन अन्तर्गत राजधानी दिल्ली पुगिरहेका छन्।

किसान आन्दोलनका क्रममा प्रहरीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा आएर सरकारलाई कानून फिर्ता लिन दबाब दिइरहेका छन्।

आन्दोलनरत् किसान र सरकार पक्षबीच शनिवार वार्ता हुने बताइएको छ। आन्दोलनरत् पक्षले कानून फिर्ता नलिएसम्म सरकारविरुद्ध प्रदर्शन जारी रहने बताएको छ। उनीहरुको सबै टोल प्लाजा कब्जा गर्ने चेतावनी समेत दिएका छन्।

यस्तै, कानून फिर्ता नलिए डिसेम्बर ८ मा भारत बन्द गर्न उनीहरुले आह्वान गरेका छन्।

हाल दिल्लीमा प्रवेश गर्ने सडक ब्लक गरिरहेका किसानले आज मोदीको पुतला जलाउने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell