PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण पोखरामा, कार्यक्रम भर्चुअल हुने



नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण पोखरामा, कार्यक्रम भर्चुअल हुने

काठमाडौं : नेपाल लिटरेचर फेस्टिभल २०२० को नवौं संस्करण यही पुस १४ र १५ गते पोखरामा आयोजना हुने भएको छ। कोरोना संक्रमणका कारण आइएमई नेपाल लिटरचेर फेस्टिभल यसपटक भर्चुअलरुपमा हुने भएको छ।

पुस १३ गते शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीले मेहफिल प्रस्तुत गर्नेछन्। फेस्टिभलमा १६ सेसनमा ४० भन्दा बढी वक्ता सहभागी हुनेछन्। साहित्यकार, लेखक, पत्रकार, कलाकारहरु वक्ताका रुपमा रहनेछन्।

भर्चुअल रुपमा हुने क्रार्यक्रमको प्रत्यक्ष प्रसारण फेस्टिभलको आधिकारिक युट्युब च्यानल र सामाजिक संजालबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

लिटरेचर फेस्टिभलले युवाहरुलाई साहित्यप्रति जारुक गराउने विश्वास लिइएको छ।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell