PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत, वाङमय साहित्य पुरस्कार शान्तदास मानन्धरलाई



रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत, वाङमय साहित्य पुरस्कार शान्तदास मानन्धरलाई

काठमाडौं : नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारबाट स्रष्टाहरु पुस्कृत भएका छन्। 

शनिवार गोकर्णेश्वर नगरपालिकास्थित रमेश विकल साहित्य प्रतिष्ठानमा आयोजित कार्यक्रममा यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ।

यसैगरी २० हजार रुपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ।

रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई दिइएको छ। साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ। रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ। यी सबै पुरस्कारको राशी १० हजार रुपैया रहेको छ।

वाग्मती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे लगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell