PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

छाङरुका स्थानीयको स्वास्थ्य जाँच गर्न हिउँ छिचोल्दै ७ दिन लगाएर पुग्यो सशस्त्रको डाक्टर टोली

छाङरुका स्थानीयको स्वास्थ्य जाँच गर्न हिउँ छिचोल्दै ७ दिन लगाएर पुग्यो सशस्त्रको डाक्टर टोली


काठमाडौं: सशस्त्र प्रहरी बलको चिकित्सक टोलीले दार्चुलाको व्यास गाउँपालिका १ स्थित छाङरुमा स्वास्थ्य जाँच गरेको छ। एपीएफ अस्पतालका डाक्टर रेनिश भट्टराईको संयोजकत्वमा ६ सदस्यीय टोली ७ दिन लगाएर छाङरु पुगेको थियो। हिउँद याममा नेपालतिरको जोखिमपूर्ण घोडेटो बाटोमा हिउँ छिचोल्दै गएको सशस्त्रको डाक्टर टोलीले छाङरुमा ५५ जनाको र दुम्लिङमा ३५ जनाको स्वास्थ्य परीक्षण गरेको सशस्त्र प्रहरी नेपाल ४४ नम्बर गणका गणपती एसपी नरेन्द्र बमले जानकारी दिए।

उनका अनुसार छाङरुमा सशस्त्रका ४० जना, नेपाल प्रहरीका ८ जना र गाउँ कुर्न बसेका ७ जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसैगरी दुम्लिङमा सशस्त्रका १५ जना र स्थानीय २० जनाको परीक्षण गरिएको छ। सशस्त्रको टोली जाँदा घरमै अस्पताल र डाक्टर पाएपछि स्थानीय खुसी छन्। डाक्टरको टोलीले जाँच गरेर औषधि पनि दिएको थियो।

एसपी बमले सबै सशस्त्र प्रहरीको अवस्था नर्मल रहेको बताए। ‘स्वास्थ्य परीक्षणमात्रै होइन मेडिकल काउन्सिलिङ पनि हो,’ उनले भने। डाक्टर रेनिश भर्ना छनोटका लागि दार्चुला पुगेका बेला गणबाट जनशक्ति लिएर मेडिकल चेकअपका लागि छाङरु पुगेका हुन्। छाङरुमा हालै सशस्‍त्रको गुल्म स्थापना भइसकेको छ। गुल्मका कर्मचारी र स्थानीयको परीक्षणका लागि टोली गएको हो।

७ गते सदरमुकामबाट उक्लिएको सशस्त्रको डाक्टर टोली पुसको चिसोमा हिउँ छिचोल्दै मंगलवार फर्किएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell