PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१० महिनापछि नयाँ फिल्म प्रदर्शनमा आउँदै,  ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने



१० महिनापछि नयाँ फिल्म प्रदर्शनमा आउँदै,  ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने

काठमाडौं : कोभिड-१९ संक्रमण देखिएर सिनेमा घरहरु खुलेपछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ। शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो।

कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो।

श्रेष्ठले भने, ‘कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौं।’

दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उनको भनाइ छ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सिंगो फिल्म क्षेत्रलाई बचाउनका लागि नयाँ फिल्म प्रदर्शन गर्न लागिएको बताए। चलचित्र निर्माण तथा सञ्चालनका लागि अपनाइने स्वास्थ्य मापदण्ड चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले सरकारलाई बुझाइसकेको उनको भनाइ छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell