PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दीपकराजको कटाक्ष : ‘अग्लो प्रधानमन्त्री भएपछि सगरमाथा किन चाहियो भनेर जी न्यूजले दाबा ठोकेर गयो’



दीपकराजको कटाक्ष : ‘अग्लो प्रधानमन्त्री भएपछि सगरमाथा किन चाहियो भनेर जी न्यूजले दाबा ठोकेर गयो’

कलाकार दीपकराज गिरीले भारतीय टेलिभिजन जी न्यूजले सगरमाथामाथि गरेको दाबीमा आपत्ति जनाएका छन्।

आफ्नै शैलीमा यो प्रकरणको विरोध जनाउँदै दीपकले प्रधानमन्त्रीलाई पनि कटाक्ष गरेका छन्।

काठमाडौं आएर प्रधानमन्त्रीको हाइट बढाएको जी न्यूजले यति अग्लो प्रधानमन्त्री तिमीहरूको हुँदा हुँदै सगरमाथा किन चाहियो भनेर सगरमाथामा आफ्नो दाबी गरेको भन्दै दीपकले कटाक्ष गरेका हुन्।

जी न्यूज आयो प्रधानमंत्री को हाइट बढाएर गयो यति अग्लो प्रधानमंत्री तिमिहरूको हूदॉ हूदै सगरमाथा किन चाहियो तिमिहरूलाइ भन्दै सगरमाथामा आफ्नो दाबा पनि ठोकेर गयो....शुभबिहानी!!!

Posted by Deepak Raj Giree on Tuesday, January 12, 2021

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन काठमाडौं आएको जी न्यूजका सम्पादक सुधिर चौधरीले सगरमाथाको फेदमा पुगेर भारतले दाबी गर्नुपर्ने भनेपछि उनको चौतर्फी विरोध भइरहेको छ।

अन्तर्वार्ता दिन चौधरीलाई बालुवाटार बोलाएको भन्दै प्रधानमन्त्री ओलीको पनि आलोचना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell