PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भूकम्प सुरक्षा दिवसमा गृहमन्त्री थापाले भने, 'नेपालमा राजनीतिक भूकम्प गएको छ, फेरि अस्थिरता पैदा भएको छ'



भूकम्प सुरक्षा दिवसमा गृहमन्त्री थापाले भने, 'नेपालमा राजनीतिक भूकम्प गएको छ, फेरि अस्थिरता पैदा भएको छ'
फाइल फोटो

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा राजनीतिक भूकम्प गएको बताएका छन्। राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कोरोनारुपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प आएको बताएका हुन्।

'कोरोनारुपी भूकम्पले सिंगो विश्वलाई नै आज आक्रान्त तुल्याएको छ। नेपालको सन्दर्भमा पनि कोरोनाले हजारौं हाम्रा दाजुभाई दिदीबहिनीको ज्यान लिइकसकेको छ,' गृहमन्त्री थापाले भने, 'विशिष्ट परिस्थिति अर्को एउटा जटिल परिस्थिति एउटा अर्को भूकम्प पनि सामना हामीले गरिरहनुपरेको छ। राजनीतिक भूकम्प।'

भूकम्प दिवस मनाईरहँदा सरकारको पछिल्लो कदमले राजनीतिक अस्थिरता पैदा भएकोसमेत उनले बताए। 'नेपालमा फेरि एउटा राजनीतिक अस्थिरता पैदा भएको छ। संसद विघटन भएको छ। नेपाल फेरि राजनीतिक उथलपुथलकाबीच अगाडि बढिरहेको छ,' गृहमन्त्री थापाले भने।

उनले नेपालमा शताब्दीको अन्तरमा महाविपत्तीहरु आउने इतिहासले नै देखाएकाले यस्तोको पूर्वतयारी गर्नुपर्नेमा जोड दिए। प्राकृतिक विपद् रोकेर रोक्न नसकिने उल्लेख गर्दै गृहमन्त्री थापाले सरोकार निकायले यसमा ध्यान दिनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell