PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपा प्रचण्ड-नेपाल समूहले विष्णु पौडेललाई महासचिव पदबाट हटायो



नेकपा प्रचण्ड-नेपाल समूहले विष्णु पौडेललाई महासचिव पदबाट हटायो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड - माधव नेपाल समूहले महासचिव पदबाट विष्णु पौडेललाई हटाएको छ। 

शुक्रवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पौडेललाई कारवाही गर्दै हटाउने निर्णय गरेको कमिटी सदस्य लिलामणी पोखरेलले जानकारी दिए।

यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच भेट भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। दाबी गरिए अनुसार बालुवाटारमा पुस २६ गते न्यायाधीश हरिकृष्ण श्रेष्ठ, दीपक कार्की, मीरा खड्का र सपना प्रधान मल्लले प्रधानमन्त्री ओलीसँग भेटेका थिए। यो विषय आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा समेत उठेको थियो। 

सरकार नै विपक्षी रहेको मुद्दाको बहस भइरहेको क्रममा न्यायाधीशहरुले कार्यपालिका प्रमुखलाई भेट्नु अनुचित रहेको बैठकको निष्कर्ष छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell