PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्वोच्चले भन्यो, 'प्रधानमन्त्री र न्यायाधीशबीच भेट भएको खबर असत्य र भ्रामक'



सर्वोच्चले भन्यो, 'प्रधानमन्त्री र न्यायाधीशबीच भेट भएको खबर असत्य र भ्रामक'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका न्यायाधीशहरु बीच बालुवाटारमा भेट भएको भनि आएको खबरको सर्वोच्च अदालतले खण्डन गरेको छ।

केही समाचार माध्यममा पुस २६ गते सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण श्रेष्ठ, दीपक कार्की, मीरा खड्का र सपना प्रधान मल्लले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटेको भन्ने समाचार प्रकाशित भएका थिए। उक्त विषय आजको प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धाको सुनुवाईका क्रममा संवैधानिक इजलासमा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकमा समेत उठेको थियो।

चौतर्फी रुपमा प्रश्न उठेपछि सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ती निकाल्दै ‘प्रधानमन्त्री र न्यायाधीशहरु बीच भेट’ भएको भनिएको समाचारको खण्डन गरेका हुन्।

विज्ञप्तीमा सर्वोच्चमा विचारधीन मुद्धामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसायले मिथ्यापूर्ण, भ्रामक,अतिरञ्जित,असत्य र कपोलकल्पित समाचार सम्प्रेषण गरिएको दाबी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell