PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा कोरोनाविरुद्ध भ्याक्सिन कार्यक्रम सुरु



भारतमा कोरोनाविरुद्ध भ्याक्सिन कार्यक्रम सुरु
Photo : PUNIT PARANJPE / GETTY IMAGES

भारतमा आजबाट कोरोना भ्याक्सिन लगाउन सुरु हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको सुरुवात गरे। उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल सिस्टम विश्वमा नै विश्वस्नीय रहेको बताए।

भारतको भ्याक्सिन कार्यक्रम विश्वमै सबैभन्दा ठूलो ‘टीकाकरण’ कार्यक्रम हुने दाबी गरिएको छ।

पहिलो चरणमा ३ लाख भन्दा बढी स्वास्थ्यकर्मीसँगै प्रभावित समूहलाई भ्याक्सिन प्रदान गरिनेछ। त्यसका लागि हाल २ हजार ९०० भन्दा बढी भ्याक्सि केन्द्र निर्माण गरिएको छ।

भारतमै उत्पादन भएको कोभिसिल्ड रर कोभ्याक्सिन ‘टीकाकारण अभियान’ मा प्रयोग हुनेछ। यी भ्याक्सिनले जनवरी ३ मा आपतकालिन प्रयोगको स्वीकृति पाएको थियो।

भारतमा कोरोनाको पहिलो केस गत वर्षको जनवरी ३० मा देखिएको थियो। हालसम्म भारतमा १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भइसकको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell