PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अमेरिकी विदेशमन्त्री पोम्पेओले भने, '५० वर्षसम्म अमेरिकाले चीन सामु घुँडा टेक्यो, ट्रम्पको कार्यकालमा त्यसो भएन'



अमेरिकी विदेशमन्त्री पोम्पेओले भने, '५० वर्षसम्म अमेरिकाले चीन सामु घुँडा टेक्यो, ट्रम्पको कार्यकालमा त्यसो भएन'

चार दिन कार्यकाल बांकी रहँदा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीलाई अमेरिकाको लागि खतरा भन्दै चेतावनी दिएका छन्।

ट्वीट गर्दै पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टी अमेरिकाको लागि खतरा भएको बताएका हुन्। यद्यपि उनले चिनियाँ नागरिकहरु भने अमेरिकाका लागि खतरा नभएको उल्लेख गरेका छन्।

 

पोम्पेओले चिनियाँ जनताले चिनियाँ कम्युनिष्ट पार्टी बिना देखेको सपनोको आफूहरुले समर्थन गर्ने समेत बताएका छन्।

पोम्पेओले अमेरिकाले ५० वर्षदेखि चीन सामु घुँडो टेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारमा त्यसो नहुने बताएका हुन्।

डोनाल्ड ट्रम्पको कार्यकाल यही जनवरी २० मा सकिँदैछ। जो बाइडेनले सो दिन अमेरिकाका नयाँ राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्। आफ्नो कार्यकालको अन्तिम समयमा आएका पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीलाई निशाना बनाउनुलाई चासोका साथ हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell