PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकी रिपब्लिकन सांसद मारजोरीको एकाउन्ट लक गरिदियो ट्वीटरले



अमेरिकी रिपब्लिकन सांसद मारजोरीको एकाउन्ट लक गरिदियो ट्वीटरले
फोटो : GETTY IMAGES

हालै निर्वाचित रिपब्लिकन सांसद मारजोरी टेलर ग्रिनको एकाउन्ट ट्वीटरले लक गरिदिएको छ। अमेरिकी काँग्रेसकी सांसद उनको एकाउन्ट १२ घण्टाका लागि लक गरिएको ट्वीटरले जनाएको छ। क्यापिटल हिलमा भएको दंगाको बारेमा हिंसाजन्य सामग्री ट्वीट गरेको हुनाले उनको ट्वीटर ह्यान्डल लक गरिएको बताइएको छ।

आइतवार उनको एकाउन्ट लक भएको हो। जर्जियाबाट प्रतिनिधित्व गर्ने उनी विवादित 'कन्सपेरेसी थेउरी'मा पनि आवद्ध रहेको बताइएको छ। उनले राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै विभिन्न ट्वीट गरेकी छिन्। यसो त उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई महाभियोग लगाउनुपर्ने धारणासमेत राख्दै आएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell