PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विशेष अदालतको थुनछेक आदेशउपर दीप बस्न्यात सर्वोच्चमा



विशेष अदालतको थुनछेक आदेशउपर दीप बस्न्यात सर्वोच्चमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विशेष अदालतको थुनछेक आदेशउपर सर्वोच्च पुगेका छन्। ललिता निवास प्रकरणमा विशेष अदालतले बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

आज न्यायाधीश हरि फुयालको इजलासले विशेषबाट कैफियत प्रतिवेदन माग गरेको छ।बस्न्यातले माघ २ गते सर्वोच्चमा निवेदन दिएका थिए।

ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुको समेत मिलेमतोमा गैरकानुनी तरिकाले व्यक्तिको नाममा पारिएको विषयमा अनुसन्धान जारी छ।

सरकारले कानुन बमोजिम मुआब्जा दिइ अधिग्रहण गरिएको हाँडीगाउँ मौजा हा नम्बर ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने सो जग्गा विभिन्न मितिमा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा गैरकानुनी तरिकाले व्यक्तिलाई फिर्ता दिई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरिएको भन्दै सरकारले गठन गरेको छानबिन समितिले फिर्ता लिन सरकारलाई सुझाब दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell