PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पुरातत्त्वले महानगरलाई भन्यो, 'कमल पोखरीको पर्यावरणीय वातावरणलाई असर नगर्नु'



पुरातत्त्वले महानगरलाई भन्यो, 'कमल पोखरीको पर्यावरणीय वातावरणलाई असर नगर्नु'

काठमाडौं : पुरातत्त्व विभागले काटमाडौं महानगरपालिकालाई कमल पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पार्ने गरी निर्माण कार्य अघि नबढाउन भनेको छ।

महानगरले कमलपोखरीलाई सुकाएर पोखरीको मध्य भागमा कंक्रिटको कमल र चारैतिर नयाँ संरचना बनाउने तयारी गरेको थियो।  कमलपोखरीलाई सुकाएर त्यसमा पोखरीको प्राकृतिक रुप नै परिवर्तन गर्न खोजिएपछि स्थानीय र अभियन्ताहरुले विरोध जनाएका थिए।

जनहित संरक्षण मञ्चले दिएको निवेदनको सुनुवाइ गर्दै विभागले पोखरीको पुनर्निर्माण परम्परागत निर्माण सामाग्री तथा प्रविधिको प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन भित्र रहेर गर्न समेत भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell