PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा कन्सुलर सेवा स्थगित



कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा कन्सुलर सेवा स्थगित

काठमाडौं : अबुधाबीस्थित नेपाली राजदूतावासले कन्सुलर सेवाहरु स्थगन गरेको छ। दूतावासमा आउने सेवाग्राहीहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारीहरुमा कोरोना भाइरसको संक्रण देखिएपछि केही दिनका लागि सेवा स्थगन गरिएको हो।

दूतावासले एक विज्ञप्ती जारी गर्दै सावधानी अपनाउनका लागि राहदानी, यात्रा अनुमति पत्र, भिसा, अधिकृत वारिसनामा लगायत भौतिक उपस्थितिमा हुने सेवाहरु मंगलबारबाट केही समयका लागि बन्द हुने जनाएको हो।

संक्रमणको जोखिमबाट मुक्त भएको सुनिश्चितता गरी स्थगित सेवाहरु फेरि संचालन हुने दूतावासले जनाएको छ। अत्यन्त जरुरी सेवा र भौतिक उपस्थिति नचाहेन सेवा भने यथावत् संचालनमा रहनेछन्। ती सेवा लिन सेवाग्राहीहरुले राजदूतावासको टेलिफोन नम्बर वा इमेल आइडीमा सम्पर्क गर्न आग्रह गरिएको छ।  

(कन्सुलर सेवाहरू केही समयका लागि स्थगन गरिएको सम्बन्धी सूचना) सेवाग्राहीहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने केही...

Posted by Embassy of Nepal, United Arab Emirates on Monday, January 18, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell