PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाइडेनको शपथ ग्रहणका लागि तयार हुँदैछ अमेरिका

बाइडेनको शपथ ग्रहणका लागि तयार हुँदैछ अमेरिका


बुधवार जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बन्दैछन्। वासिङटन डिसीको क्यापिटलमा हुने समारोहमा बाइडेनले राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्। कमला ह्यारिस उपराष्ट्रपति बन्दैछिन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै ह्वाइट हाउसमा सबैभन्दा पाका राष्ट्रपतिका रुपमा उनी प्रवेश गर्नेछन् भोलि। शपथ ग्रहण लगत्तै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। शपथ ग्रहणमा ट्रम्प भने सहभागी हुनेछैनन्।

बुधवारको समारोहको लागि अमेरिकाका ५० वटै राज्यका सुरक्षा सतर्कता बढाइएको छ। राष्ट्रपति ट्रम्पका समर्थकले संसदको संयुक्त सत्रमा आक्रमण गरेको हुँदा शपथ समारोहमा पनि प्रदर्शन वा विरोध हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो। १५ हजारभन्दा बढी नेशनल गार्ड ट्रुप र सयौंको संख्यामा प्रहरी परिचालन गरिनेछ।

वासिङटन डिसिमा बाइडेनले शपथ लिनुअघि रिहर्सल सम्पन्न भएको छ। शपथ ग्रहण कार्यक्रमलाई भव्य बनाउन क्यापिटल क्षेत्रलाई सजाइएको छ।

 

PHOTO: BLOOMBERG
PHOTO: REUTERS
PHOTO: EPA-EFE
PHOTO: THE HILL VIA BLOOMBERG
PHOTO: BLOOMBERG
PHOTO: REUTERS
PHOTO: EPA-EFE
PHOTO: EPA-EFE
PHOTO: AFP
PHOTO: AFP
PHOTO: REUTERS
PHOTO: REUTERS
PHOTO: BLOOMBERG


ट्रेन्डिङ पोस्ट

Ncell