PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतले बुधवारबाट नेपालसहित दक्षिण एसियाली देशलाई भ्याक्सिन उपलब्ध गराउने



भारतले बुधवारबाट नेपालसहित दक्षिण एसियाली देशलाई भ्याक्सिन उपलब्ध गराउने
PHOTO: REUTERS

काठमाडौं : भारतले बुधवारबाट नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरुलाई कोरोना भाइरसविरुद्ध निर्माण भएको भ्याक्सिन उपलब्ध गराउने भएको छ।

भारतको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यान्मारलाई भ्याक्सिन उपलब्ध गराउने जनाएको हो। श्रीलंका, अफगानिस्तान र मरिसियसले भने आवश्यक प्रकृया पूरा गर्न बांकी रहेको जनाइएको छ यस्तै अफ्रिकामा रहेको सेलाल्फलाई पनि बुधवारबाट नै भ्याक्सिन उपलब्ध गराइनेछ। यो भ्याक्सिन अनुदान सहायता अन्तर्गत वितरण गरिन लागेको मन्त्रालयले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै बुधवारबाट भ्याक्सिन उपलब्ध गराउने बारेमा जानकारी दिएका छन्। 

 

केही दिनदेखि मात्रै भारतमा त्यही निर्माण भएको कोभ्याक्सिन र कोभिसिल्ड भ्याक्सिन लगाउने कार्य सुरु भएको थियो। त्यसैले भारतलाई आवश्यक भ्याक्सिनलाई मध्यनजर गर्दै अन्य राष्ट्रहरुलाई पनि बिस्तारै भ्याक्सिन उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। विदेशमा भ्याक्सिन निर्यात गर्नुअघि स्वदेशी कम्पनीहरुमा भ्याक्सिनको आवश्यक मात्रामा भण्डारण भएको बारेमा पहिला सुनिश्चित गरिनेछ।

माघ २ गते औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको थियो। यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाँदा भारतले भ्याक्सिनका लागि नेपाललाई प्राथमिकतामा राखेको बताएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell