PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जाँदाजाँदै ७३ जनालाई ट्रम्पले दिए आममाफी, ७० जनाको सजाय अवधि घट्यो



जाँदाजाँदै ७३ जनालाई ट्रम्पले दिए आममाफी, ७० जनाको सजाय अवधि घट्यो
Photo : NBCNEWS

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको अन्तिम दिन आफ्ना सहयोगीसहित ७३ जनालाई आममाफी दिएका छन्। यस्तै,  ट्रम्पले ७० जनाको सजायको समय अवधि परिवर्तन गरिदिएका छन्।

जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ दिन केही घण्टामात्रै बांकी रहँदा ट्रम्पले आफ्ना पूर्व सल्लाहकार स्टिभ ब्यानन, र्‍यापर लिल वेयन सहितलाई आममाफी दिएका हुन्।

ब्याननले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। गत वर्ष अगस्तमा उनीविरुद्ध अमेरिका-मेक्सिको सीमामा पर्खाल बनाउने क्रममा अनियमितता गरेको आरोप लगाएको थियो।

अमेरिकी राष्ट्रपतिले कार्यकालको अन्त्यतिर आममाफी दिनुलाई सामान्य मानिन्छ। ट्रम्पले पनि गएको केही महिनायता धेरैलाई आममाफी दिएका छन्। उनले आफ्ना ज्वाइ जेराड क्रुसनरका बुवा चार्लस, क्याम्पेन म्यानेजर पउल मानाफोर्ट, रजर स्टोन लगायतका आममाफी दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell