PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोनाकालपछि भारतमा फिल्म 'मास्टर'ले जगायो आशा, एकसातामा कमायो १५० करोड



कोरोनाकालपछि भारतमा फिल्म 'मास्टर'ले जगायो आशा, एकसातामा कमायो १५० करोड

भारतमा फिल्म 'मास्टर' ले १५० करोडभन्दा बढीको व्यापार गरेको छ। कोभिड १९ का कारण लामो समय बन्द रहेको सिनेमाघर खुलेपनि फिल्महरुले राम्रो व्यापार गर्न सकिरहेको थिएन। अभिनेता विजय अभिनित फिल्म मास्टरले भने थला परेको फिल्म क्षेत्रलाई केही राहत दिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। 'मास्टर' कोरोनाकालपछि कै ब्लकबस्टर फिल्म भएको बताइएको छ।

एक हप्तामा मास्टरले भारतमा मात्रै १५० करोड कमाएको हो। १५० करोडको रेकर्ड ब्रेक गर्ने वियजको यो पाँचौं फिल्म हो। हाल यो फिल्म तमिलनाडुको केही सिनेमा घरमामात्रै प्रदर्शन गरिएको छ। दक्षिण भारतका अन्य राज्यका साथै ओटिटि प्लयाटफर्ममा पनि फिल्मलाई छिट्टै रिलिज गर्ने तयारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell