PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

प्रधानमन्त्रीले 'डन प्रवृत्ति' देखाएको भनेपछि न्यायाधीशले वकिललाई बोल्न रोके



प्रधानमन्त्रीले 'डन प्रवृत्ति' देखाएको भनेपछि न्यायाधीशले वकिललाई बोल्न रोके

काठमाडौं : अधिवक्ता गोपालदत्त पाण्डेले प्रधानमन्त्रीले सनकको भरमा पार्टीको घर झगडालाई आधार बनाएर संसदको हत्या गर्न नपाइने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा संवैधानिक अदालतमा अधिवक्ता गोपालदत्त पाण्डेले बहसको सुरूवात गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने बताएका हुन्।

पाण्डेले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई ' डन प्रवृतिजस्तो भएको' भनेपछि न्यायाधीश अनिल सिन्हाले उनलाई रोके। सिन्हाले पाण्डेलाई 'त्यस्तो उदाहरण नदिनुस्' भन्दै रोकेका थिए।

पाण्डेले विघटन सिफारिस बदर भएमा के हुन्छ भनेर चिन्ता नलिन बेन्चलाई आग्रह गरे।

'प्रधानमन्त्री उहाँ नै रहनुहुन्छ। संसद अगाडि बढ्छ। संविधान जिवित रहन्छ,' उनले भने।

अविश्वास प्रस्ताव आउने नआउने कुरा न्यायालयको सरोकारको विषय नै नभएको उनको तर्क थियो।

संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नै नगरेको भन्दै उनले संविधानसभाबाट संविधान बनाउँदाको विधायिकीको मनसाय अदालतले बुझ्नु पर्ने राय पेश गरेका थिए।

उनले बहुमत हुँदाहुँदै ओलीलाई फेरि बहुमतको आवश्यक्ता किन पर्‍यो भन्दै पार्टीमा समस्या भए पार्टीभित्रै समाधान गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell