PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तीन व्यवसायिक संस्थाले गराए विगतको प्रतिवद्धताको स्मरण, हड्तालका कार्यक्रम फिर्ता लिन माग



तीन व्यवसायिक संस्थाले गराए विगतको प्रतिवद्धताको स्मरण, हड्तालका कार्यक्रम फिर्ता लिन माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विगतका राजनीतिक प्रतिवद्धता सम्झेर बन्द हड्तालका कार्यक्रम फिर्ता लिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले आह्वान गरेको हड्तालको पूर्वसन्ध्यामा तीन व्यवसायिक संगठनले यस्तो अपिल गरेका हुन्।

संयुक्त विज्ञप्ति जारी गर्दै बन्द हड्ताल लगायतका गतिविधि रोकेर स्थिरता कायम गर्न तीन संस्थाले आग्रह गरेका हुन्। कोभिड१९ पछि विस्तारै लयमा फर्कन लागेको अर्थतन्त्रलाई बन्दले नकारात्मक प्रभाव पार्ने तीन संस्थाको निष्कर्ष छ।

‘विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधरण र उद्यमी व्यवसायीलाई बन्द हड्ताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमको भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आय–आर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिनेछ’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधरण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ।’

संयुक्त विज्ञप्तिमा नयाँ संविधान जारीपछि राजनीतिक दलबाट भएको बन्द हड्ताल नगर्ने प्रतिवद्धतालाई पनि स्मरण गराइएको छ।

हालको कठिन परिस्थिति, र विगतका तीता अनुभवलाई गम्भीररुपमा लिइ बन्द हड्तालका कार्यक्रम लिन पनि संगठनहरुको आग्रह छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell