PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला पन्तको घटनामा झैं भागरथी हत्याको दोषीले उन्मुक्ति नपाओस् : शेखर कोइराला



निर्मला पन्तको घटनामा झैं भागरथी हत्याको दोषीले उन्मुक्ति नपाओस् : शेखर कोइराला
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बैतडीको चडेपानीकी किशोरी हत्या खबरले आफू मर्माहित भएको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले यो घटनाको दोषीलाई कारबाहीको मागसमेत गरेका छन्।

'बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु,' कोइरालाले भनेका छन्, 'उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु।'

उनले विगतमा निर्मला पन्त घटनाको जस्तै यस घटनाको दोषीले उन्मुक्ति नपाओस् भनी सरकारसँग आग्रहसमेत गरेका छन्।

बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो।

मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो। मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन्।

भागरथी विभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ। कपडा च्यातिएको, शरिरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि आफन्तले बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell