PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आचार्यको 'कान्छा' चित्रकथाको पाण्डुलिपीमाथि छलफल



आचार्यको 'कान्छा' चित्रकथाको पाण्डुलिपीमाथि छलफल

काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक विजयराज आचार्यले तयार पारेको बालचित्र कथा 'कान्छा' को पाण्डुलिपीमाथि छलफल सम्पन्न भएको छ। राजधानीको अनामनगरस्थित 'नेभर माइन्ट रेस्टुराँ'मा आयोजित छलफल कार्यक्रममा दुई दर्जन साहित्यकारले कान्छा पाण्डुलिपिमाथि विविध कोणबाट समीक्षा गरे।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको जीवन संघर्षमा आधारित ५९ पृष्ठको पाण्डुलिपीमाथि सर्जक तथा समालोचकहरुले तिखो टिप्पणीसमेत गरेका थिए।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, कवि तथा साहित्यकार मित्रलाल पंज्ञेनी, कवि तथा वरिष्ठ बालसाहित्यका रामबाबु सुबेदी, साहित्यकारहरु अनन्त वाग्ले, महेश पौड्याल, प्राध्यापक डा तारानिधी भट्टराई, शान्ति सापकोटा, हरि भण्डारी, केदार श्रेष्ठ, सिर्जना शर्मा, आर्टिस्टहरु एकाराम सिं, कृष्णगोपाल श्रेष्ठ, रवीन्द्र मानन्धर, शिरोमणि दवाडी, समालोचक राजकुमार बानियाँलगायतले चित्रकथामा सुधार गर्नुपर्ने विषय र सकारात्मक विषयमाथि आआफ्नो विचार प्रस्तुत गरेका हुन्।

कार्यक्रममा कुलपति कर्माचार्यका सुपुत्र संजीवले बुवाको कथामा आफ्नो कथा पनि पाएकोमा उत्सुकता पैदा भएको बताए। बुवाको चित्रकथामा मैले आफ्नो कथा पनि भेटें। मलाई बुवाले सानोमा पिट्नुभएको रहेछ। जुन कुरा मलाई केही थाह नै थिएन। अझ हजुरबुवाको कथाहरु पढेर आफूलाई किताब निस्कने दिन छिटो आए हुनेथियो जस्तो लागिरहेको छ,' संजीवले भने।

छोरा संजीवको भनाई उद्धृत गर्दै कुलपति कर्माचार्य भावुक बने। कुलपति कर्माचार्यले आफ्नो विषयमा छोराले घरमा खासै चासो नदिने तर कथाको विषय पढेपछि आफूलाई पनि 'नोस्टाल्जिक' बनाएको बताएका थिए। उनले आफू कला क्षेत्रमा अघि बढ्ने चरणमा छोरालाई कहिलेकही हात लगाएको स्विकारे। उपस्थित सर्जकहरुको सुझावलाई लेखकले मनन गर्न वा यस्तै गर्नुपर्छ भन्ने दबाव आफूबाट नहुने कर्माचार्यको भनाई थियो।

बालबालिकालाई लक्षित गरी कर्मचार्यको जीवनी आउन लागेको हो। २०७८ साल चैतमा प्रकाशन गर्ने योजना भएको लेखक विजयराज आचार्यले जानकारी दिए। कथाको चित्र कुलपति कर्माचार्यले नै तयार पार्ने लेखक आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell