PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ



केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फासीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन्।

आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने 'केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।'

ओलीले असंवैधानिक ढंगबाट संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै श्रेष्ठले कामचलाउ ओली सरकार व्यक्तिवादी र स्वेच्छाचारी भएको बताए।

'ओलीले नै संसद विघटन गरे। अब ओली संसदीय दलको सदस्य छैनन्। कामचलाउ सरकार हो ओलीको। तर वैधानिक रुपमा यसलाई कामचलाउ भनिएन। त्यसैले ओली सरकार असंवैधानिक सरकार हो। एक मिनेट पनि ओलीलाई प्रधानमन्त्री बन्ने अधिकार छैन' उनले भने।

संविधान र लोकतन्त्रको लागि नेपाली जनताले दशकौं संघर्ष गरेको भन्दै श्रेष्ठले जनताले जीवन सुधार हुने समाजवादको आधार तयार हुने सोचेका तर ओलीले त्यसलाई पूरा हुन नदिएको आरोप लगाए।

'चुनाव लोकतन्त्रको अंग हो। तर लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन। चुनावका लागि हामी सबै तयार छौं। तर कुन चुनाव? संविधान अन्तर्गतको चुनाव कि संविधानलाई ध्वस्त बनाउने चुनाव ? यो चुनाव गर्न घोषणा गरिएको होइन। चुनाव नगर्न गरिएको घोषणा हो ' श्रेष्ठले प्रश्न गरे।

चुनाव घोषणा गरेर ओलीले आफूलाई प्रजातन्त्रिक देखाउन खोजेको श्रेष्ठको टिप्पणी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell