PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बागमती प्रदेशको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित



बागमती प्रदेशको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा : आज बुधवारका लागि तोकिएको बागमती प्रदेश सभाको प्रदेश सभाको बैठक स्थगित भएको छ। आज बिहानै प्रदेश सभा सचिव कृष्ण हरि खड्काले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो। बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो।

'मिति २०७७ साल फागुन ५ गते बुधवार दिनको २ बजे बस्ने गरी निर्धारण गरिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा माननीय सभामुखजुयुले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मको लागि स्थगित गर्नु भएकवले माननीय सदस्यज्युहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,' आज जारी सूचनामा भनिएको छ।

आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell