PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पेट्रोलको मुल्य वृद्धिविरुद्ध अखिल उत्र्यो सडकमा, बाल्यो टायर



पेट्रोलको मुल्य वृद्धिविरुद्ध अखिल उत्र्यो सडकमा, बाल्यो टायर

सरकारले पेट्रोलको मुल्य बढाएको विरोधमा अनेरस्ववियुका विद्यार्थीले सडकमा टायर बालेको छ। राजधानीको आरआर कलेज अगाडि अखिलका विद्यार्थीले टायर जलाएर सरकारी कदमको विरोध गरेको हो।

गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।

उपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्ने भएको छ।

निगमले एक महिनाको अवधिमा यो तेस्रो पटक मूल्य वृद्धि गरेको हो। माघ ६ गते निगमले तेलको मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell