PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म्यानमारमा सेनाविरुद्ध सडकमा उत्रदाँ टाउकोमा गोली लागेको महिलाको मृत्यु



म्यानमारमा सेनाविरुद्ध सडकमा उत्रदाँ टाउकोमा गोली लागेको महिलाको मृत्यु
Photo : Reuters

म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको आन्दोलनका क्रममा टाउकोमा गोली लागेको एक महिलाको मृत्यु भएको छ।

गत हप्ता प्रहरीले रबरको गोली चलाएर प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्ने प्रयास गर्दम १९ वर्षीय म्य थिउ खाङको टाउकोमा गोली लागेको थियो।

मृतक खाङको अन्त्येष्टी आइतबार हुने स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनको शवयात्रामा हाल आन्दोलनरत् पक्षलाई सहभागी हुन उनको परिवारले आह्वान गरेको छ।

माघ १९ गते म्यानमारमा सेनाले सत्रा आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसयता दैनिक रुपमा म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell