PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अक्षयसहित तानिए ६ फिल्मकर्मी विवादमा, कारण पाँच वर्षअघि रिलिज भएको 'रुस्तम'को डायलग



अक्षयसहित तानिए ६ फिल्मकर्मी विवादमा, कारण पाँच वर्षअघि रिलिज भएको 'रुस्तम'को डायलग
फोटो : bhaskar.com

फिल्म 'रुस्तम' रिलिज भएको ५ बर्षपछि फिल्ममाथि मुद्दा परेको छ। फिल्मका प्रमुख अभिनेता अक्षय कुमारसहित फिल्मसँग जोडिएका ६ व्यक्तिहरु र फिल्म हलका मालिक पनि कानुनी मुद्दामा फसेका हुन्।

फिल्मको एक डायलगलाई लिएर अक्षय उक्त विवादमा फसेका हुन्। जसमा न्यायाधीशको भूमिकामा देखिएका अनंग देसाईले अदालतमा वकिलहरूलाई वेसरम भनेका थिए। जसलाई वकिल मनोज गुप्ताले वकिलको मानहानी गरेको भन्दै आरोपितलाई कडा कारवाही र जरिवानाको माग गरेका छन्।

२०१६ मा फिल्म रिलिज हुने बित्तिकै उनले केस दर्ता गरेको बताए। तर केही कारणले सुनुवाई स्थगित गरिएको थियो। दैनिक भास्करसँगको कुराकानीमा उनले भने 'यो केसको सुनुवाइ २०२० मै भएको थियो। तर यो लकडाउनको कारण प्रक्रिया अगाडि बढाउन सकिएन। अब, अदालतले फिल्मको टोलीका सदस्यहरूलाई पहिलो सूचना जारी गरेको छ, जस अन्तर्गत उनीहरूले १० मार्चमा अदालतमा हाजिर हुनुपर्नेछ।'

आरोपित व्यक्तिहरु
सुभाष चन्द्रा (फिल्म निर्माण कम्पनी जी इन्टटेनमेन्ट इन्टरप्राइजेज् लिमिटेडका अध्यक्ष)
मुरुदल केजार (जी इन्टटेनमेन्ट इन्टरप्राइजेज् लिमिटेडका एमडी र सीइओ)
टीनू सुरेश देसाई (फिल्म निर्देशक)
विपुल के रावल (फिल्मका लेखक)
अक्षय कुमार (फिल्मको मुख्य अभिनेता)
अनंग देसाई (फिल्मका सहायक अभिनेता)
सुरेश गुप्ता (सिटी प्राइड सिनेमा हलका मालिक, कटनी)
गुप्ताले फिल्मको यस संवादमा जनाए आपत्ति

फिल्मको एक दृश्यमा न्यायाधीश (अनंग देसाई) नेवी कमाण्डर पावरी (अक्षय कुमार)लाई भन्छन्, कमाण्डर पावरी, तपाईको नौ सेनाको बुद्धिमत्ता र केही समयको लागि प्रोटोकल बिर्सनुहोस्। केवल यो बुझ्नुहोस् कि तपाई एक बेसरम वकिल हुनुहुन्छ। जो तपाईको साक्षीसँग जे पनि सोध्न सक्नुहुनेछ।'

गुप्ता भन्छन्, 'कुनै पनि वकिलले कानुनको दायराभित्रै आफ्नो साक्षीलाई सोधपुछ गर्न सक्छ। त्यस्तो सोधपुछ लाजमर्दोको श्रेणीभित्र आउँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell