PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको प्रश्न : के मा हरायो अदालतले? 'म पद जाँदै गर्दा खुसी हुन्छु'



ओलीको प्रश्न : के मा हरायो अदालतले? 'म पद जाँदै गर्दा खुसी हुन्छु'

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले आफूलाई कुनै फरक नपरे पनि देशलाई फरक पर्ने बताएका छन्। हिमालय टेलिभजनलाई अन्तरवार्ता दिँदै ओलीले आफू सर्वोच्चको फैसलबाट खुसी या दुखी केही नभएको बताए। पद जाँदै गर्दा पनि आफू खुसी हुने उनको भनाई थियो। 'म पद जाँदै गर्दै खुसी हुन्छु। प्रधानमन्त्री हुँदै गर्दा अलि बढी गम्भीर हुन्छु। सधै त मान्छे रहँदैन नि। एक अवधि त काम गर्ने हो। कसैलाई सुनामी आएजस्तो होला,' उनले भने।

देशमा अस्थितरता आउन थालेपछि संसद् विघटन गर्नु परेको ओलीको प्रस्टीकरण थियो।

'मैले विश्वको ठेक्का लिन सक्दिनँ। म जिम्मेवारी इमान्दारीसाथ पूरा गर्छु। कसैले हारजितको विषय बनाउला। मैले विघटन गरेँ। हर्स ट्रेडिङका लक्षण देखिएपछि,' उनले भने,' लोकतन्त्र लिकबाट बाहिर जान नदिन प्रतिनिधिसभा विघटनको सिफारिस गरेँ।'

ओलीले अदालतको फैसलापछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले खुसियाली मनाएको भन्दै कटाक्ष गरेका छन्। प्रचण्ड-नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन गुहार गरे पनि देउवाले नमानेको बताए।

'अदालतको फैसला पछिको दृश्य के देखियो। अबिर जात्रा, लड्डु। हवाइजहाजबाट उत्रिएर बुढानिलकण्ठ गएछन्। घर छन् उत्तरतिर जाने दक्षिण तिर। बुढानिलकण्ठ जानुभो। बुढानिलकण्ठ हात जोडेर प्रधानमन्त्री भइदिनुपर्‍यो प्रभु। तथास्तु भनिदिनुपर्‍यो। मुस्कुराउँदै म विचार गरौँला भन्छन् बुढानिलकण्ठ,' ओलीले भने।

उनले आफूले अदालतलाई कुनै धाक धम्की नदिएको बरु प्रचण्ड-नेपालले धम्की दिएकाले विघटन बदर भएको बताए। 'हामीले कुनै धाक धम्की दिएको होइन। अदालतको जे फैसला आउछ स्वीकार्ने भनिएको हो। बरु अदालतको फैसला हाम्रो पक्षमा आएन भने भन्नेहरु थिए,' उनले भने।

प्रचण्ड-नेपालले विधि पद्दतिको कुरा गरे पनि उनीहरुको विधि पद्दति राजीनामा नदिए मुन्ट्याएर निकाल्ने भएको आरोप लगाए। 'प्रधानमन्त्री निकाल्ने विधि पद्दति के रहेछ गलहत्यार निकालिदिन्छु,' उनले भने।

उनले आफूले नैतिकताको आधारमा राजीनामा नदिने बताए। अदालतले राजीनामा देउ नभनेको ओलीको भनाई थियो। आफू अझ पनि बहुमतमै रहेकाले नैतिकताको संकट नआएको उनको दाबी छ।

'नैतिकता के भयो। मैले मेजोरोटी लुज गरेँ? के मा हरायो अदालतले? राजीनामा देउ भन्यो अदालतले। प्रतिनिधिसभा विघटन गरेको थिएँ। मलाई त अदालतले थुप्रो मुद्दा हराएको छ,' उनले भने।

आफूले अदालतलाई दिनदिनै जवाफ दिनुपरेको ओलीले बताए। प्रधानमन्त्रीलाई विपक्षी बनाएर दुनियाँमा कही पनि मुद्दा नहुने उनको जिकिर थियो। तर नेपालमा दिनका दिन प्रधानमन्त्रीकाविरुद्ध मुद्दा परेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell