PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दीपेन्द्रको 'चिसो मान्छे'को छायांकन सुरु, भदौ ११ मा रिलिज गर्ने टार्गेट   



दीपेन्द्रको 'चिसो मान्छे'को छायांकन सुरु, भदौ ११ मा रिलिज गर्ने टार्गेट   

दीपेन्द्र के खनालको लेखन, छायांकन र निर्देशनमा रहेको फिल्म 'चिसो मान्छे' को छांयाकन शुरु भएको छ।

निर्देशक खनालले फेसबुक पेजमा आज बिहान शुभसाइत गरेको फोटो पोस्ट गर्दै छायांकन सुरु भएको खुलाएका हुन्। शर्मिला पाण्डेको निर्माणमा तयार हुने फिल्म आउँदो वर्षको भदौँ ११ रिलिज हुने तय भएको छ।

अभिनेत्री स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिका रहेको फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि भूमिका रहनेछ।

फिल्मको सुटिङ काठमाडौं, बाजुरा लगायतका स्थानमा हुने निर्देशक खनालले जानकारी दिए। फिल्ममा बाजुराको भाषा समावेश गरिएको समेत बताए उनले बताए।

'फिल्म 'चिसो मान्छे' सामाजिक विषयबस्तुमाथि केन्द्रित छ। जसमा लकडाउनपछिको कथा समेत समावेश गरिएको छ।

खनालले यसअघि फिल्म 'प्रशुपति प्रसाद' र 'आमा' समेत बनाएका थिए। जुन फिल्महरु व्यवसायिक र समिक्षात्मक रुपमा सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell