PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ममाथि शारीरिक हमला भएर ज्यान नै तलमाथि भए अनौठो नमाने हुन्छ : प्रधानमन्त्री ओली



ममाथि शारीरिक हमला भएर ज्यान नै तलमाथि भए अनौठो नमाने हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान खतरामा रहेको बताएका छन्। पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताएका हुन्।

ओलीले भने 'अत्‍यन्तै तीव्र रुपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।'

उनले आफ्नो नेतृत्वको पार्टीले नै देश बनाउने भन्दै प्रचण्ड नेपाल नेतृत्वको पार्टीले देशलाई अघि नबढाउने समेत बताए। साथै आफूलाई केही भइहाले देशको भविष्यलाई बचाउन पार्टी अघि सर्नुपर्ने समेत बताए।

यद्यपि, उनले आफूहरुले सतर्कता अपनाएकोले आक्रमणको खतरा नभएको समेत बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell