PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बैशाख १० भित्रै राप्रपाले महाधिवेशन प्रतिनिधिको निर्वाचन गराउने



बैशाख १० भित्रै राप्रपाले महाधिवेशन प्रतिनिधिको निर्वाचन गराउने
File Photo

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्को वर्ष वैशाख २५ गते देखि २८ गतेसम्मका लागि तय भएको महाधिवेशनको तयारी अघि बढाएको छ। सोमबार बसेको सचिवालय कार्य व्यवस्था समितिको बैठकले वैशाख १० गते भित्र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन सम्पन्न गराउने निर्णय थरेको छ।

यस्तै, जिल्ला निर्वाचन समितिको फागुन २५ भित्र गरिसक्ने र वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्त सम्ममा गरिसक्ने निर्णय गरेको छ।

बैठकले सक्रिय सदस्यता वितरण अभियानको म्याद चैत १५ सम्म थप गरेको छ।

पार्टी एकतापछि समायोजना हुन बांकी रहेका जिल्लाहरुमा ७ दिन भित्र समायोजन गर्ने बैठकको निष्कर्ष छ। उक्त कार्यका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुखद्वय ध्रुव बहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति गठन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell