PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुमार-सरस्वती साहित्य पुरस्कार रमण घिमिरेलाई



कुमार-सरस्वती साहित्य पुरस्कार रमण घिमिरेलाई

काठमाडौं : वासु शशी स्मृति परिषद्को हालै बसेको बैठकले साहित्यकार रमण घिमिरेलाई 'कुमार-सरस्वती साहित्य पुरस्कार–२०७७' प्रदान गर्ने निर्णय गरेको छ।

साहित्यकार घिमिरेले विगत चार दशकदेखि नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।

उनका 'एक दर्जन एक', '...अर्थात् हामी' र 'सूत्रधार' नामक निबन्धसङ्ग्रह प्रकाशित छन भने दुई सय भन्दा बढी गीतहरू  रेकर्ड भएका छन्।

घिमिरे विभिन्न पुरस्कार तथा सम्मानहरूबाट पुरस्कृत एवम् सम्मानित व्यक्ति हुन्।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साहित्यकार घिमिरेलाई सर्वसम्मतिले पुरस्कृत गर्ने निर्णय गरेको हो। उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८५औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने र पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell