PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नारायणगढ–मुग्लिन सडक एक हप्तासम्म दिउँसो बन्द रहने



 नारायणगढ–मुग्लिन सडक एक हप्तासम्म दिउँसो बन्द रहने

भरतपुर : पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडक खण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आइतवारदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।     
    
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्ड अन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ। सडक खण्डमा बिहान १० :३० देखि दिउँसो ३ :०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिइन्। अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने उनले बताइन्।    
    
गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए। सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ। वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell