PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पुनर्स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक आज : प्रधानमन्त्रीदेखि गृहमन्त्रीले अध्यादेश पेश गर्ने कार्यसूची



पुनर्स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक आज : प्रधानमन्त्रीदेखि गृहमन्त्रीले अध्यादेश पेश गर्ने कार्यसूची

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सिफारिस गरेसँगै पुस ५ गते भंग भएको प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँग आज बस्ने भएको छ।

सरकारी कदमविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेर लामो बहस भएपछि गत ११ गते प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो। पुनर्स्थापनासँगै संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजेका लागि पहिलो बैठक बोलाएकी हुन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन आदेश दिएसँगै संसदको सातौं बैठक बस्न लागिएको हो।

यस्तो छ कार्यसूची

बैठकको शुरुमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले सुनाउनेछन्। लगत्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन्। प्रतिनिधि सभा भंग भएसँगै प्रचण्ड माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु नियुक्त तथा हेरफेर गरेका थिए।

आजको कार्यसूचीमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र कानुनमन्त्री लिलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेश गर्ने तालिकासमेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell