PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ‌ओलीले लगाए 'कोभिशिल्ड', शुरु भयो कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान



प्रधानमन्त्री ‌ओलीले लगाए 'कोभिशिल्ड', शुरु भयो कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान
फोटो : प्रमको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन्। केही बेरअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिशिल्ड लगाएका हुन्।

खोप लगाएरकेही बेर आराम गरी ओली बालुवाटार फर्केका छन्। उनले खोप लगाउने बेला सञ्चारकर्मीलाई फोटो लिन भने निषेध गरिएको थियो।

ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ। यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ।

अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी पनि पुगेका थिए। करिब १६ लाख ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप प्रदान गर्ने लक्ष्य सरकारको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell